‘स्थानीय तह चलाउन कर्मचारीलाई दिँदै सरकार’

नेपालखोज २०७८ माघ ४ गते १२:४५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले सरकार र गठबन्धनले चुनाव सार्ने तयारी गरिरहेको बताएका छन् । उनले आज सामाजिक सन्जालमार्फत सरकार चुनाव सार्ने रणनीतिमा रहेको भन्दै आपत्ति जनाए ।

उनले स्थानीय तहको पदावधि सकिनु दुई महिना अगावै निर्वाचन गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्थालाई सरकारले उपेक्षा गरेकाे आरोप लगाए । उनले कर्मचारीबाट स्थानीय तह सञ्चालन गर्ने सत्तारुढ गठबन्धनको सोचाई गलत भएको बताए ।

उनले भने, स्थानीय तहको पदावधि सकिनु भन्दा दुई महिना अघि निर्वाचन गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्थालाई उपेक्षा गर्दै चुनाव पर सार्ने र कर्मचारीबाट स्थानीय तह सञ्चालन गर्न चाहने सरकार र गठबन्धनको सोचाई गलत छ । प्रजातन्त्रको मेरुदण्ड मानिने स्थानीय सरकारको चुनाव समय मै सम्पन्न गरिनुपर्छ ।

प्रतिक्रिया