मंगलबार, वैशाख १८, २०८१

सिटिजन्स बैंकको १७औं वार्षिक साधारणसभा असोज २६ गते

नेपालखोज २०८० असोज ५ गते १९:४२

काठमाडौं । सिटिजन्स बैंकको १७औं वार्षिक साधारणसभा यही असोज २६ गते शुक्रबार अमृृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडाैंमा बस्ने भएको छ ।

बैंकका वित्तीय विवरणहरु माथि छलफल लगायत सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार पाँच दशमलव ७९ प्रतिशतका दरले हुन आउने ८२ करोड २१ लाख ६१ हजार छ सय ५२ रुपैंयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) वितरण गर्न स्वीकृत गर्ने जस्ता विषयहरु साधारण सभाका प्रस्तावहरु रहेको बैंकले जानकारी दिएको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा एटीएम र ९७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट १६ लाख ४८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, भिसा डेबि/क्रेडिट/प्रिभिलेज कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया