बुधबार, वैशाख १२, २०८१

जापानमा एकैदिनमा संक्रमितकाे संख्या अहिलेसम्मकै उच्च

नेपालखोज २०७८ माघ ४ गते १९:५४

टोकियो । जापानमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या मंगलबार सबैभन्दा धेरै देखिएको छ । सरकारी अधिकारीहरूले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा जापानमा ३२ हजार १९७ जना नयाँ संक्रमित भएका छन् ।

यसअघि अघिल्लो वर्षको अगस्टमा एकै दिनमा सबैभन्दा धेरै २५ हजार ९९२ जना संक्रमित भएको सरकारी अधिकारीहरूले जनाएका छन् । मङ्गलबार सङ्क्रमित भएको पुष्टि भएका मध्ये टोकियोका मात्रै पाँच हजार १८५ जना रहेका छन् ।

‘टोकियो महानगरभरीमा एकैदिनमा पाँच हजारभन्दा बढी सङ्क्रमित देखिएको पनि पहिलो पटक हो,’ एक अधिकारीले भने । अघिल्लो मङ्लबार ९६२ जना मात्रै सङ्क्रमित भएकोमा एक हप्तामा पाँच गुणा बढेको अधिकारीहरूले जनाएका छन् ।

पछिल्लो एक हप्तामा महानगरमा मात्रै औसतमा तीन हजार ८५८.६ प्रतिशत सङ्क्रमित भएको देखिएको छ । नयाँ सङ्क्रमितमध्ये आधाभन्दा बढी कोरोनाभाइरस विरुद्धको दुवै खोप लगाएका व्यक्ति भएको पनि पाइएको छ ।

प्रतिक्रिया