बिहीबार, वैशाख १३, २०८१

सुनसरीको बर्जु महोत्सवमा तोडफोड

नेपालखोज २०७८ माघ ४ गते २१:००

काठमाडाैं । सुनसरीको बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी भएको छ । दर्शकको भिडले बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी गरेको छ । आयोजकले बोलाएको कलाकार नआएपछि बर्जु तालको छेउमा लगाइएको महोत्सव स्थलमा कार्यक्रम हेर्न पुगेका दर्शकको भिडले तोडफोड गरेको हो ।

महोत्सव आयोजकले कार्यक्रम स्थलमा आजको लागि भोजपुरी कलाकार खेसरीलालको प्रस्तुति तय गरेको थियो । कार्यक्रममा कलाकार नआएपछि आक्रोसित बनेको भीड तोडफोड र आगजनीमा उत्रिएका थिए । तोडफोडमा उत्रिएकाहरुले चारवटा भारतीय सवारी साधनमा पनि आगजनी भएको छ ।

भिड अनियन्त्रित बनेपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको सुनसरी प्रहरीले जनाएको छ । कार्यक्रमका लागि आएका भारतीय कलाकारलाई प्रशासनले विराटनगरमै रोकेपछि कार्यक्रम हेर्न भेला भएको भिड तोडफोडमा उत्रिएको हो ।

पुष २३ गतेबाट महोत्सव संचालनको इजाजत दिएको प्रशासनले कोरोना संक्रमण बढ्न थालेसँगै २७ गते महोत्सव बन्द गर्न परिपत्र गरेको थियो । प्रशासनको निर्देशन बेगर आयोजकले भारतीय कलाकारको प्रस्तुति तय गरी टिकट बिक्री गरेको थियो ।

सुनसरी प्रशासनले कोरोनाका कारण महोत्सव रोक्न भनिएकोमा आयोजकले अटेर गरेका कारण कलाकार हेर्न उर्लिएको भीड आक्रोसित बन्दा पछिल्लो घटना सृजना हुन पुगेको बताएको छ ।

प्रतिक्रिया