नयाँ एडिसनमा टाटाको दमदार एसयूभी

काठमाडौं । टाटा मोटर्सले फेब्रुअरी २०२१ मा आफ्नो एसयूभी टाटा सफारी लन्च गरेको थियो । फेरि ११ महिनापछि टाटाले यसको एउटा नयाँ एडिसन प्रस्तुत गरेको छ । सफारी एडभेन्चर परसोना तथा सफारी गोल्ड एडिसनपछि अहिले बजारमा आउन लागेको टाटा सफारीलाई डार्क एडिसन भनिएको छ । टाटा सफारीको यो डार्क एडिसन १७ जनवरी २०२२ देखि बजारमा ल्याइएको छ । लन्चिङ पहिले नै टाटाले यसको टिजर भिडियो सार्वजनिक गरिसकेको थियो ।
अरु मोडलको जस्तै टाटा सफारीको डार्क एडिसनमा पनि ब्याल्क-आउट फ्रन्ट ग्रिल तथा ट्राई एरो प्याटर्नका साथ हेडल्याम्प्को चारैतिर ब्याल्क केसिङ देखिन्छ । यसका अतिरिक्त कालो रङको ORVMs र अलोय व्हिलका साथ बुट लिडमा पनि कालै रङको ब्याच दिइएको छ । यो एसयूभीको फ्रन्ट फेन्डरमा डार्क ब्याच छ ।
टाटा सफारी डार्क एडिसनको इन्टेरियरमा स्टेन्डर्ड टू-टोन डायसबोर्ड जडान गरिएको छ जुन ब्याल्क अपहोल्स्ट्री का साथ पुरै ब्याल्क-आउट थीममा प्रस्तुत हुनेछ । यो गाडी वायरलेस एप्पल र एड्रोइड कनेक्टिभिटी सपोर्टका साथ ८.८ – इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एक वायरलेस चार्जर, जेबीएल अडियो सिस्टम, ७.०-इन्चको पार्ट-डिजिटल इन्स्टुमेन्ट क्लस्टर, प्यानोरमिक सनरूफ तथा लेदर सिट जस्ता फिचर्सले सुसज्जित छ । टाटाले यसअघि Altroz, Nexon, Nexon EV और Harrier को डार्क एडिसन बजारमा उतारिसकेको छ ।
टाटा सफारीको डार्क एडिसनमा २.० लिटरको डिजल इन्जिन फिट गरिएको छ । यो इन्जिनले १६८ बीएचपी तथा ३५० एनएम को पिक टर्क जेनरेट गर्नेछ । यो इन्जिनलाई ६ – स्पिड म्यानुअल तथा ६ – स्पिड अटोमेटिक ट्रान्समिसनका साथ जोडिएको छ । Tata Safari को प्रतिस्पर्धा Hyundai Alcazar, Mahindra XUV700, MG Hector Plus का साथै कियाको अपकमिङ मोडल Kia Carens MPV सँग हुनेछ ।
प्रतिक्रिया