शुक्रबार, वैशाख १४, २०८१

सुनचाँदीकै मूल्य बढ्याे

नेपालखोज २०७८ माघ ५ गते १०:४७

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीकै भाउ बढेकाे छ । छापावाल सुन आज प्रतितोला एक सय रूपैयाँले बढेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि एक सय रूपैयाँले नै बढेकाे छ । आज तेजाबी सुन ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे तेजाबी सुन ९२ हजार १ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३० रूपैयाँले बढेकाे छ । आज चाँदी १२ सय ८५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजाे १२ सय ५५ रुपैयाँ कारोबार भएको थियो ।

प्रतिक्रिया