शनिबार, वैशाख २९, २०८१

उपनिर्वाचन : बझाङमा सर्वदलीय बैठकको तयारी

नेपालखोज २०८१ वैशाख १६ गते १०:३७

चैनपुर (बझाङ) । बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय बैठकको तयारी भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ११ बजे सर्वदलीय बैठक बसेर १२ बजेदेखि मतगणना गर्नेगरी तयारी भइरहेको छ ।

‘अहिले हामी तयारी गरिरहेका छौँ’, मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भने, ‘सबै मतपेटिका सङ्कलन भइसकेका छन्, ११ बजे सर्वदलीय बैठक बसेर १२ बजेदेखि तीन स्थानमा गणना थाल्ने योजना छ ।’

प्रतिक्रिया