शुक्रबार, वैशाख १४, २०८१

केही राजनीतिक दलले राजनीतिबाट गलत फाइदा उठाए : राजेन्द्र लिङ्देन

नेपालखोज २०७८ माघ ५ गते १५:१९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई व्यापार बनाउन नहुने बताएका छन् । उनले झापाको सुरुङामा आयोजित कार्यक्रममा राजनीतिलाई जनताको सेवाका रुपमा लिनुपर्ने बताएका हुन् ।

उनले केही राजनीतिक दल र केही नेताले राजनीतिकको गलत फाइदा उठाएको बताए । उनले राजनीतिलाई पेसा भनेर नबुझ्नपनि आग्रह गरे । उनले राजनीतिकलाई गलत ढंगले प्रयोग गरिरहेको समेत बताए । उनले लोकतन्त्रलाई बलियो बनाउन राजनीतिक सिन्डिकेट अन्त्य गरिनुपर्नेमा जोड दिए ।

अध्यक्ष लिङ्देनको झापा गृह जिल्ला हो । उनी झापा क्षेत्र नं ३ बाट निर्वाचित सांसद् हुन् । तत्कालीन नेकपाको समर्थनमा लिङ्देनले नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा गृहमन्त्री भइसकेका कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए ।

प्रतिक्रिया