उप-निर्वाचनका लागि दल दर्ता गराउने जसपाकाे निर्णय
नेपालखोज
२०७९ चैत ८ गते १७:५६

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले उप-निर्वाचनका लागि दल दर्ता गराउने निर्णय गरेको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हाे । वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दर्ताका लागि आह्वान गरेको छ ।
साथै, चैत २६ देखि २८ गतेसम्म हुने विधान अधिवेशनका लागि प्रतिनिधि चयनको प्रकृया र मापदण्ड तयार गर्नका तीन सदस्यीय कार्यदल बनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया