सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै
नेपालखोज
२०७८ माघ ६ गते ८:१४

काठमाडाैं । सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दैछ । चुनावको मितिबारे छलफल गर्न गत मंगलबारको बैठकमा समयमै चुनाव गर्नेबारे छलफल भए पनि टुङ्गोमा नपुगेपछि आज फेरि सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको हो ।
निर्वाचन आयोगले वैशाखमा चुनाव गर्न सिफारिस गरे पनि सरकारले अझै यसबारे निर्णय गरेको छैन ।
आजको बैठकका मुख्य एजेण्डा निर्वाचन ऐन संशोधन, तीनै तहका निर्वाचन एकैपटक गर्न सकिन्छ कि सकिँदैन तथा स्थानीय निकायको निर्वाचन पहिला गरेर पछि संसद र प्रदेशसभाको निर्वाचन गर्नेलगायत रहेको बताइएको छ ।
सम्बन्धित

प्रतिक्रिया