बिहीबार, वैशाख १३, २०८१

रजनीकान्तकी छोरीको पारपाचुके

नेपालखोज २०७८ माघ ६ गते १५:२१

दक्षिण भारतिय चलचित्रका सुपरस्टार रजनीकान्तकी छोरीसँग विवाहित कोेलाबरी डिका गायक एवं कलाकार धनुषले विवाहको १८ वर्षपछि श्रीमती ऐश्वर्यासँग पारपाचुके लिने कुरा सार्वजनिक भएको छ । धनुषले सोसल मिडियामार्फत यो जानकारी दिएका हुन् । धनुषले लेखेका छन् ‘मैले र ऐश्वर्याले एक-अर्कासँग अलग हुने फैसला गरेका छाैं ।’

पारपाचुकेको यो खबरले साउथ फिल्म उद्योग मात्र होइन बलिउडसमेत आश्चर्यचकित भएको छ । धनुष बलिउडमा समेत स्थापित कलाकार हुन् । उनले अक्षय कुमार र सारा अली खानसँग अभिनय गरेको ‘अतरंगी रे’ हालसालै रिलिज भएको सफल चलचित्र हो । धनुषले आफ्नो पहिलो बलिउड फिल्म ‘रांझणा’ बाटै हिन्दी भाषी दर्शकको मनमा स्थान बनाएका थिए ।

No description available.

धनुषको वास्तविक नाम वेंकटेश प्रभु कस्तूरी राजा हो । धनुषले अहेलेसम्म ४५ भन्दा बढि फिल्ममा काम गरिसकेका छन् भने उनले फिल्म फेयर एवार्ड, ४ नेशनल फिल्म एवार्डसमेत १३ वटा ठुला पुरस्कार/सम्मान प्राप्त गरिसकेका छन् । आश्चर्यजनक कमाइ धनुष अरबपति भए पनि साधारण र सरल व्यबहारका कलाकार हुन् ।

धनुषको ‘कोलावेरीडी’ गीत २०१३ मा रिलिज भएर संसारभरका सबै भाषाभाषीबीच भाइरल भएको थियो । धनुष एउटा चलचित्रमा काम गरे वापत १३ देखि १६ करोड रुपैयाँ पारिश्रमिक लिन्छन् । रिपब्लिक वर्ल्ड डटकमको रिपोर्ट अनुसार २०२१ मा उनको कुल कमाइ २४० करोड रुपैयाँ जति थियो । अन्य रिपोर्टहरुले २०२१ मा उनले २२ मिलियन डलर अर्थात करिब २६० करोड कमाएको उल्लेख गरेका छन् ।

बितेका पाँच वर्ष यता धनुषको कमाइ वर्षेनी १२-१३ करोडले बृद्धि हुँदै आएको छ । धनुषको कमाईको ठुलो भाग विज्ञापनले ओगटेको छ । चेन्नई स्थित धनुषको घरको मूल्य करिब ४० करोड भएको बताइन्छ । धनुषले अभिनय मात्र होइन डाइरेक्टर, गायक तथा प्रोड्यूसरका रुपमा पनि आफूलाई सफल सावित गरेका छन् ।

यद्यपि धनुष एक्टर होइन मरिन इन्जिनियर बन्न चाहन्थे । २८ जुलाई १९८३ मा तमिलनाडुमा जन्मिएका धनुषका पिता कस्तुरी राजा तथा दाजु दुवै फिल्म निर्माता हुन् । यहि कारणले उनी पनि यहि लाइनमा तानिए । धनुषले १२ को बोर्ड परीक्षा फेल भए पछि पढाइ छोडेका थिए । यद्यपि उनले पछि मदुरै कामराज युनिभर्सिटीबाट ब्याचलर अफ कम्प्युटर एप्लीकेशन (बीसीए) को डिग्री लिएको बताइन्छ ।

No description available.

धनुषको विवाह र सन्तान धनुष र ऐश्वर्याको बिबाह २००४ मा भएको थिय‍ो । विवाहको समयमा धनुषको उमेर २१ तथा ऐश्‍वर्याको उमेर २३ वर्ष थियो । उनीहरुका दुई सन्तान यात्रा र लिंगा छन् । अफिशियल रुपमा पारपाचुकेको घोषणा हुनु अघि धेरै पटक उनीहरुको पारपाचुकेको खबर सार्वजनिक हुँदै आएको थियो । एक कार्यक्रमका क्रममा धनुषको भेट रजनीकान्तकी छोरी ऐश्वर्यासँग भएको थिय‍ो ।

धनुषले एक अन्तरवार्तामा बताए अनुसार काढाल कोंडे नामक दक्षिण भारतिय फिल्म हेर्ने सिलसिलामा सिनेमा हलका मालिकले उनको परिचय रजनीकान्तका दुई छोरी ऐश्वर्या र सौंदर्यासँग गराइदिएका थिए । त्यतिबेला उनीहरु बीच केवल हाइहेलो मात्र भयो । भोलिपल्ट ऐश्वर्याले धनुषलाई एक बुकेका साथ म्यासेज पठाइन गुड वर्क लेखेर ।

त्यसपछि उनीहरु निरन्तर सम्पर्कमा रहे । यता धनुषकी बहिनी पनि ऐश्वर्याकि साथी थिइन् । त्यसैले पनि उनीहरु बीच भेटघाटको सिलसिला सुरु भयो र उनीहरु बीचको प्रेमको खबर पनि बाहिर आउन थाल्यो । ऐश्वर्या पनि दक्षिण भारतकी स्थापित गायिका हुन र उनको कमाइ धनुष जति नभए पनि राम्रै रहेको बताइन्छ ।

प्रतिक्रिया