सर्वोच्चमा न्यायाधीश र कर्मचारीलाई कोरोनविरुद्धको बुस्टर डोज

नेपालखोज २०७८ माघ ६ गते १०:०५

काठमाडौं । सर्वोच्च अदालतमा न्यायाधीश र कर्मचारीलाई कोरोना भाइरसविरुद्धको बुस्टर डोज लगाउने भएको छ ।

सर्वोच्चले सूचना जारी गरेर आज बिहान ११ बजेदेखि अदालत परिसरमा पहिलो र दोस्रो डोज लगाएका न्यायाधीश र कर्मचारीलाई कोरोनाविरुद्धको बुस्टर डोज लगाउने जनाएको हो ।

खोप लगाउन आउँदा अनिवार्य रुपमा खोप कार्ड लिएर आउन सूचनामा भनिएको छ ।

प्रतिक्रिया