बिहीबार, वैशाख ६, २०८१

ग्लोबल विश्वकप खेल्ने खेलाडी छानिए, विनोद र सोमपाल ‘आउट’

नेपालखोज २०७८ माघ ६ गते १२:०१

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटका लागि १६ सदस्यीय टोली घोषणा गरेको छ । आगामी महिनामा हुने प्रतियोगिताको लागि टोली आज छनोट भएका हुन् ।

क्यानले सार्वजनिक गरेको खेलाडीको सूचीमा तीव्र गतिका बलर सोमपाल कामी र विकेटकिपर विनोद भण्डारी समावेश छैनन् । नयाँ दुई खेलाडीले मौका टिममा मौका पाएका छन् । प्रधनमन्त्री कप टी–ट्वान्टी मा उत्कृष्ट प्रदर्शन गरेका लोकेश बम र विवेक यादव टिममा पहिलोपटक परेका हुन् ।

अन्तिम १६ मा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, जितेन्द्र मुखिया, अविनाश बोहरा, शहाव आलम छन् । यस्तै, शरद भेषावकर, आरिफ शेख, कमलसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, प्रदीप ऐरी र लोकेश बम पनि अन्तिम १६ मा परे ।

फेब्रुअरी १७ देखि सुरु हुने ‘ग्लोबल छनोट ए’मा नेपालसहित ८ टोली छन् । ८ टोलीलाई दुई समूहमा विभाजन गर्दा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालसँगै ओमान, क्यानडा र फिलिपिन्स पनि समूहमा ‘बी’मा परेका छन् । आयरल्यान्ड, यूएई, जर्मनी र बहराइन भने समूह ‘ए’ मा छन् ।
समूहका दुई उत्कृष्ट टिमले सेमिफाइनल खेल्नेछ । फाइनलमा प्रतिस्पर्धा गर्ने टिमले अस्ट्रेलियामा हुने विश्वकप खेल्नेछ । आइसीसी र क्यानले ग्लोबल छनोटका लागि औपचारिक खेल तालिका भने सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया