उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित

नेपालखोज २०७८ माघ ६ गते १३:५३

काठमाडौं । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ । आज बस्ने भनिएको पाँच दलीय गठबन्धनको बैठक अन्तिम समयमा स्थगित भएको हो ।

बालुवाटारमा स्थानीय तह र संघीय चुनावबारे साझा धारणा बनाउन बैठक बस्न लागेको थियो । सत्ता गठबन्धनमा स्थानीय तहभन्दा अगाडि संघीय चुनाव गर्नुपर्ने आवाज उठ्न थालेको छ । त्यहीभएर अर्ली चुनावबारे आज प्रधानमन्त्री शेरबहादुर देउवाको राय बुझ्न बैठक बस्न लागेको थियो ।

पाँच दलीय गठबन्धन चुनावलाई लिएर विभाजित भएको देखिन्छ । प्रधानमन्त्री देउवा भने स्थानीय चुनाव बैशाखमै गराउन चाहन्छन् । तर, समन्वय समितिका संयोजक रामचन्द्र पौडेल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैशाखमा संघको चुनाव गर्ने पक्षमा छन् ।

अर्ली चुनावको कट्टर विरोधी प्रचण्ड आँफै छिट्टै चुनाव गर्नुपर्ने पक्षमा देखिएका हुन् । उनले संघीय चुनाव गरेर् मात्र स्थानीय चुनाव गर्नुपर्ने स्पष्ट अडान राख्दै आएको बुझिएको छ । मंगलबार बसेको बैठकले प्रधानमन्त्रीसँग चुनावबारे परामर्श गर्ने रणनीतिमा थियो । तर आज बैठक प्रधानमन्त्रीको व्यस्तता कारण स्थगित गरेको पौडेलको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया