शुक्रबार, वैशाख ७, २०८१

‘सत्य सदैव शाश्वत हुन्छ- वास्तविकता परिवर्तन भइरहन्छ’

सद्गुरु २०७८ माघ ७ गते ८:४९

-तपाईंलाई जे-जति मन पर्छ, तिनका सीमाहरूमा बाँच्नुको तुलनामा आफ्ना सीमाहरूबाट पर जानु निकै बढी महत्त्वपूर्ण छ ।
-योग, सबै बाध्यात्मक प्रवृत्तिहरूबाट माथि उठेर हरेक मनुष्यभित्र रहेको चैतन्यलाई अनुभव गर्ने तकनिकी हो । न माथि, न बाहिर, तपाईंभित्रै हरेक चिजको समाधान छ !
-सत्य सदैव शाश्वत हुन्छ- वास्तविकता परिवर्तन भइरहन्छ ।
-यदि तपाईंले पञ्च-तत्त्व वा पञ्च-भूतमाथि महारथ पाउनुभयो भने, तपाईंले शरीरमाथि, मनमाथि साथै यो पूरै सृष्टिमाथि महारथ पाउनुहुनेछ ।
-मेरो कामना छ कि तपाईंका सपनाहरू पूरा नहोऊन् । तपाईंले कहिल्यै सपनासमेत देख्न नसकेका कुराहरू तपाईंमाथि घटित होऊन् ।
-अस्तित्वको स्तरमा केही पनि विरोधाभासपूर्ण छैन- सबै कुरा एक-अर्काको परिपूरक हुन् । विरोधाभास केवल मनको दायरामा हुन्छ ।
-तपाईंका हातहरू यसकारण उपयोगी छन्, किनकि ती तपाईंले चाहेको ठाउँमा जान्छन् । त्यसैगरी, तपाईंको मन पनि तबमात्र उपयोगी हुन्छ, जब यो तपाईंले चाहेको ठाउँमा जान्छ ।

जीवन भागदौड होइन । यो अद्‌भूत कुरा हो

-योग, सबै बाध्यात्मक प्रवृत्तिहरूबाट माथि उठेर हरेक मनुष्यभित्र रहेको चैतन्यलाई अनुभव गर्ने तकनिकी हो । न माथि, न बाहिर, तपाईंभित्रै हरेक चिजको समाधान छ !
-विश्वमा यो एउटा कुरा हुनैपर्छ : जीवनको मजा लिने सोचबाट हामी जीवनमा आनन्दित हुनेतर्फ अघि बढ्नुपर्छ । यदि तपाईं आफ्नै प्रकृतिबाट आनन्दित हुनुहुन्छ भने, तपाईंले हरेक कुराको मजा लिनुहुनेछ ।
-जीवन भागदौड होइन । यो अद्‌भूत कुरा हो ।
-आफूलाई यसरी इन्जिनियर वा निर्माण गर्ने, जस्तो तपाईं बन्न चाहनुहुन्छ- यसैलाई म इनर इन्जिनियरिङ भन्छु ।

प्रतिक्रिया