शुक्रबार, वैशाख ७, २०८१

भिभोको वाई ७५ फाइभजी स्मार्टफोन

नेपालखोज २०७८ माघ ७ गते १४:४९

काठमाडौं । चिनियाँ मोबाइल निर्माता भिभो अहिले वाई सिरिजअन्तर्गत नयाँ स्मार्टफोन लन्च गर्ने तयारीमा छ । यो कम्पनीले वाई सिरिजमा थुप्रै बजेट तथा मिड रेन्जका स्मार्टफोनहरु बजारमा पठाइसकेको छ ।

भिभोले केही दिन पहिले आफ्नो वाई सिरिजअन्तर्गतको भिभो वाई-२१ ई स्मार्टफोन लन्च गरेको थियो जुन ५००० एमएएचको ब्याट्री तथा स्नापडागन ६८० प्रोसेसरले सुसज्जित थियो । अहिले भिभोले यही सिरिजमा एउटा नयाँ स्मार्टफोन लन्च गर्ने तयारी गरेको छ जसको नाम भिभो वाई ७५ फाइभजी बताइएको छ । भिभोले यो स्मार्टफोनका सम्बन्धमा खासै जानकारी सार्वजनिक गरेको छैन ।

कहिलेसम्म आउँछ बजारमा ?
भिभो वाई ७५ फाइभजी स्मार्टफोन यही जनवरी महिनाको अन्त्यसम्ममा बजारमा आइसक्ने बताइएको छ ।

स्पेसिफिकेसन्स
बाहिर आएको जानकारीअनुसार भिभोको यो स्मार्टफोन MediaTek Dimensity 700 SoC का साथ प्रस्तुत हुनेछ । भिभोको यो स्मार्टफोनमा फाइभजी सपोर्ट त रहने नै छ साथमा यसलाई ८ जीबी वा ६ जीबी र्याममा बजारमा उतारिनेछ । भिभोको यो बजेट स्मार्टफोन एन्ड्रोइड १२ मा आधारित Funtouch OS 12 मा चल्नेछ । यो फोनमा ५००० एमएएचको ब्याट्रीका साथ १८ वाटको फास्ट चार्जिङ सुविधा रहने बताइएको छ ।

प्रतिक्रिया