सोमबार, वैशाख २४, २०८१

पहाडी भू-भागमा वर्षासँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

नेपालखोज २०७८ माघ ७ गते ६:१९

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखा जनाएको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली भई वाग्मती तथा प्रदेश नं १ का थोरै स्थानहरुमा हल्का वर्षा र हिमपात भईरहेको छ ।

आज दिउँसो देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्यतया बदली रही तराईका भू-भागमा आंशिक बदली रहनेछ भने देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेको वभिागले जनाएको छ ।

आज राति देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्यतया बदली रही तराईका भू-भागमा सामान्यतया सफादेखी आंशिक बदली रहनेछ भने देशका पहाडी भू-भागका एक/दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखा जनाएको छ ।

देशको थोरै स्थानहरुमा हल्का वर्षाको साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेकाे र देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेकाे छ ।

प्रतिक्रिया