मंगलबार, वैशाख २५, २०८१

निर्वाचनबारे छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक आज पनि बस्दै

नेपालखोज २०७८ माघ ७ गते ८:००

काठमाडाैं । निर्वाचनबारे छलफल गर्नका लागि सत्तारूढ गठबन्धन दलको बैठक आज पनि बस्ने भएकाे छ । हिजाे बसेकाे प्रधानमन्त्री शेरबहादु देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालबीचकाे त्रिपक्षीय भेटवार्तामा शुक्रबार अपराह्न ४ बजे सत्तारूढ गठबन्धन दलको बैठक बोलाउने सहमति भएको थियाे ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजे बस्ने बैठकमा उनीहरु बीच समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएकाे छ । आगामी राष्ट्रियसभाको निर्वाचन, स्थानीय तह तथा सङ्घीय र प्रदेश तहको निर्वाचनका बारेमा छलफल हुने जनाइएकाे छ ।

प्रतिक्रिया