बुधबार, वैशाख १२, २०८१

कोरोना संक्रमणको ‘रेड जोन’ मा १४ जिल्ला

शून्य संक्रमण भएको जिल्ला कुनै रहेन

नेपालखोज २०७८ माघ ७ गते १०:४१


काठमाडौं । देशभर कोरोना संक्रमित हुनेको संख्या बढ्दै गएको छ । कोरोना संक्रमण बढेसँगै संक्रमण नियन्त्रणमा चुनौती पनि थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५७ हजार तीन सय २८ पुगेको छ ।

सरकारले देशका १४ वटा जिल्लालाई रेड जोनमा राखेको छ । पाँच सयभन्दा बढी कोरोना संक्रमित भएका जिल्लालाई रेड जोनमा राखेको हो । शून्य सङ्क्रमित रहेका जिल्ला भने कुनै पनि नभएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाहरूमा चितवन,काभ्रे, मकवानपुर,बाँके, कास्की, रुपन्देही, कैलाली, मोरङ, सुनसरी, झापा,धनुषा, काठमाडौँ, ललितपुर र भक्तपुर छन् ।

प्रतिक्रिया