मंगलबार, वैशाख ११, २०८१

सुनचाँदीकै मूल्य सामान्य बढ्याे, आजकाे भाउ कति ?

नेपालखोज २०७८ माघ ७ गते १०:४९

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीकै भाउ बढेकाे छ । छापावाल सुन आज प्रतितोला एक सय रूपैयाँले बढेर ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि एक सय रूपैयाँले नै बढेकाे छ । आज तेजाबी सुन ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे तेजाबी सुन ९३ हजार २ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रूपैयाँले बढेकाे छ । आज चाँदी १३ सय २५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजाे १३ सय १५ रुपैयाँ कारोबार भएको थियो ।

प्रतिक्रिया