शुक्रबार, वैशाख १४, २०८१

चाैबीस घण्टामा १० हजार ७०३ संक्रमित थपिए, ३ जनाकाे मुत्यु

नेपालखोज २०७८ माघ ७ गते १६:२३

काठमाडौं । नेपालमा पछिल्लो चाैबीस घण्टामा थप १० हजार ७०३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । साेही अवधीमा ७६६ जना डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ६१८ जनाको पीसीआर परीक्षणबाट ८ हजार ८१५ र ४ हजार ४७४ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ८८८ जना गरी जम्मा १० हजार ७०३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै चौबीस घण्टामा ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ६३५ पुगेको छ । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १० लाख ६ हजार ५९१ पुगेको छ भने ८ लाख १९ हजार ५७५ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ जना रहेका छन् । जसमध्ये ६३ हजार ७३४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ६४० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १९४ जना आईसीयू र ३५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

प्रतिक्रिया