शुक्रबार, वैशाख १४, २०८१

शनिदेवलाई खुसी पार्न के गर्ने ?

नेपालखोज २०७८ माघ ८ गते ५:००

ज्योतिषका अनुसार, शनिदेवलाई खुुसी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ । शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्त्वपूर्ण कुराहरुबारे जानकारी लिनु आवश्यक हुन्छ ।

–शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ, किनभने शनि देवले हाम्रो कार्यहरूमा फल प्रदान गर्दछन् ।

–शनि भगवान् सूर्य र छायाका पुत्र हुन् । भने यमराज उनका भाइ हुन् र यमुना उनकी बहिनी हुन् ।

–जसले कडा परिश्रम, अनुशासनमा र धर्म पछ्याउने काम गर्दछ उसको सम्मान गर्नुपर्दछ ।

–शान्त रहन हरेक शनिबार तेल दान गर्नुपर्छ ।

–हरेक शनिबार शनिको साथ, पिपलको पनि विशेष पूजा गर्नुपर्छ । पिपल र खुर्सानीमा पानी हाल्दा फल पक्कै मिल्नेछ ।

–शनिबार कालो तिल दान गर्नुहोस् । छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ ।

हरेक साता शमीको रूखलाई पनि पूजा गर्नुहोस् । तथा शनिबार हनुमानको सामुन्ने सर्सुको तेल को दीप जलाएर हनुमान चालीसाको पाठ गर्नुपर्दछ ।

यदि तपाईं शनिबारको दिन दूध अथवा दही सेवन गर्न चाहनुहुन्छ भने त्यसमा बेसार अथवा अलिकति सख्खर मिसाउन नभुल्नुहोस् । किनभने सादा दूध र दही शनि देवताले मन पराउँदैनन् ।

शनिवारको दिन रातो खुर्सानी पनि नखानुहोस् । रातो खुर्सानी खाँदा शनिदेव रिसाउँछन् । –शनिवारको दिन चना, मास र मुङको दाल खान सक्नुहुन्छ । तर मुसुरोको दाल खानबाट बच्नुहोस् । मसुरोको दाल मंगलबाट प्रभावित हुन्छ । जो शनिको क्रुर नजरलाई बढाउन मद्दत गर्छ ।

प्रतिक्रिया