शनिबार, जेठ ४, २०८२

ग्लोबल आईएमईको दोस्रो त्रैमासिक नाफा २ अर्ब ६६ करोड

नेपालखोज २०७८ माघ ८ गते ८:१४

काठमाडाैं । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा दुई अर्ब ६६ करोड ३३ लाख ८४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा दुई अर्ब ३१ करोड ५१ लाख १८ हजार रुपैयाँ थियो ।

हाल चुक्ता पुँजी २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ रहेको बैंकले चालु आवको दोस्रो त्रैमासिक अवधिमा दुई खर्ब ७१ अर्ब ९० करोड १६ लाख ११ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब ५६ अर्ब ४२ करोड ५४ लाख ६६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब ७९ करोड ५२ लाख ३७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंंकमा एक दशमलव १३ प्रतिशत कर्जा निष्क्रिय छ । सो अवधिमा तीन दशमलव ५२ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ४८ करोड ५६ लाख ४८ हजार रुपैयाँ छ ।

गत आवको सोही अवधिमा भने बैंकले दुई खर्ब ६८ अर्ब ४३ करोड ३७ लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब २८ अर्ब ६५ करोड १४ लाख २७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब ७७ करोड १८ लाख ५४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ७२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ६९ प्रतिशत थियो ।


प्रतिक्रिया