चुनाव सम्बन्धमा धारणा सार्वजनिक गर्दै एमाले

नेपालखोज २०७८ माघ ८ गते १०:०७

काठमाडौं । एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् । भोलि (आइतबार) पार्टी अध्यक्ष ओलीले पत्रकार सम्मेलनको आयोजना गरेर पार्टीको धारणा सार्वजनिक गर्ने बताइएको छ ।

पाँचदलीय गठबन्धन नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा नगरिरहेको अवस्थामा ओलीले गर्ने पत्रकार सम्मेलनलाई चासोका रूपमा हेरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार देशवासीका नाममा गरेको सम्बोधन, स्थानीय तह निर्वाचनलगायत विषयमा ओलीले पत्रकार सम्मेलनमा प्रस्ट पार्ने जनाइएको छ । निर्वाचन आयोगले सिफारिस गरेको मितिमा स्थानीय तहको चुनाव हुनुपर्ने धारणा एमालेको छ ।

प्रतिक्रिया