शनिबार, जेठ ५, २०८१

कलियुगका रावणहरु !

दिनेश यादव २०७८ माघ ८ गते ११:१२

हे कलियुगका रावणहरु !
रावण बन्न पनि कहाँ सजिलो छ ?…
रावणमा अहंकार थियो,
पश्चाताप पनि थियो !
दशका दशै अनुहार ‘बाहिर’ राख्दथ्यो !
तर तिम्रा त थुप्रै अनुहार भित्र छन्,
मात्र एउटा बाहिर देखाउँदै हिँडिरा’छौ,…
त्यसैले भन्न बाध्य छु,
हे राम ! तिम्रा युगका रावण राम्रा थिए,
जो संयमित थिए !
मर्यादित् थिए !
अनि दृढ संकल्पित पनि थिए !…

प्रतिक्रिया