प्रधानमन्त्रीले मन्त्री रेणु यादवलाई पदमुक्त गर्नुपर्छ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भौतिक पूर्वाधारमन्त्री रेणु यादवलाई पदमुक्त गर्नुपर्ने बताएका छन् । आज सामाजिक सन्जालमार्फत शर्माले गैरजिम्मेवार अभिव्यक्ति दिने यादवलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गर्नुपर्ने बताए ।
जनता समाजवादी पार्टीकी नेतृ यादवले गत बुधबार एक कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतको ज्यान मार्ने धम्की दिएकी थिइन् । उनले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ । यादवले पदीय मर्यादा विपरीत अभिव्यक्ति दिएकाले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण महामन्त्री शर्माले गराएका हुन् ।
मन्त्री स्वयंले भुल स्वीकार गरेर् क्षमा याचना मागेकाले प्रधानमन्त्रीसँग पदमुक्त गर्ने विकल्प रहेको शर्माले सुझाएका छन् । महामन्त्री शर्माले राज्यको जिम्मेवारीमा बस्नेको अभिव्यक्ति र व्यवहार तुलनात्मक रुपले बढी जिम्मेवार हुनैपर्ने बताए ।
यसभन्दा अगाडि मन्त्री पदमा रहेर गैरजिम्मेवार अभिव्यक्ति दिने धेरैले पद छाड्नु परेको इतिहास नेपाली राजनीतिमा छ ।


प्रतिक्रिया