सोमबार, वैशाख २४, २०८१

कुन साइतमा निर्वाचन भएमा कुन दलले जित्छ संविधानमा छैन : संविधानविद् आचार्य

नेपालखोज २०७८ माघ ८ गते १५:३४

काठमाडौं । संविधानविद् भिमार्जुन आचार्यले संविधानले निर्वाचनबारे स्पष्ट व्यवस्था गरेको बताएका छन् । उनले सामाजिक सन्जालमार्फत संविधानले तोकिएको समयमै निर्वाचन हुनुपर्ने व्यवस्था गरेको स्पष्ट पारे ।

उनले साइत हेरेर् चुनाव गर्न नहुने बताए । बरु समयमा निर्वाचन गर्नुपर्ने उनको धारणा छ । उनले भने, ‘कुन महिना, कुन बार र कुन साइतमा निर्वाचन भएमा कुन दलले जित्छ भन्ने चाहिँ संविधानले उल्लेख गरेको छैन ।’

उनले समयमै चुनाव हुनुपर्नेमा जोड दिए । प्रतिनिधिसभाको चुनाव संविधानको धारा ८५ अनुसार ५ वर्ष र स्थानीय तहको कार्यकाल सकिएको मितिले ६ महिनाभित्र हुने उनले बताए । उनले भने, ‘संविधानले न चाँडो (अर्ली) न ढिलो (डिले), तोकिएको समयमै निर्वाचन हुनुपर्ने व्यवस्था गरेको छ । जसअनुसार प्रतिनिधिसभाको पाँच वर्ष (धारा ८५) ननघाएर र स्थानीय तहको कार्यकाल (पाँच वर्ष) समाप्त भएको मितिले ६ महिनाभित्र (धारा २२५) निर्वाचन सम्पन्न भइसक्नुपर्छ ।’

प्रतिक्रिया