सोमबार, वैशाख २४, २०८१

चौबीस घण्टामा १० हजार २५४ संक्रमित थपिए, १६ जनाको मुत्यु

नेपालखोज २०७८ माघ ८ गते १६:३७

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा थप १० हजार २ सय ५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ७ सय ८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हिजो (शुक्रबार) चौबीस घण्टामा १० हजार ७०३ लाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा २० हजार १८७ जनाको नमुना परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट चौबीस घण्टामा ८ हजार दुई सय १२ र एन्टिजेन परीक्षणबाट दुई हजार ४२ जना नयाँ संक्रमण पुष्टि भएको हो ।

त्यस्तै चौबीस घण्टामा १६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ६५१ पुगेको छ । शनिबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १० लाख १६ हजार ८४५ पुगेको छ भने ८ लाख २० हजार २८३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ जना रहेका छन् । कोरोनाका बिरामीमध्ये ८ लाख २० हजार २ सय ६२ निको भएका छन् ।

प्रतिक्रिया