शुक्रबार, वैशाख ७, २०८१

सरकारले राष्ट्रवादको नारा दिएर पनि काम गर्न नसकेको देउवाको आरोप

नेपालखोज २०७६ कार्तिक ३० गते १०:५५

३० कार्तिक, काठमाडौं । पछिल्लो समयमा चर्किदै गईरहेको सीमा विवाद कूटीनिक एवं वार्ताका माध्यमबाट समाधान गरिनु पर्नेमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले जोड दिएका छन् ।
नेपाल प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न नसकेको आरोप लगाएका छन् ।
देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएको बताउउँदै सरकाले राष्ट्रवादको नारा दिएपनि त्योअनुसार काम गर्न नसकेको आरोप समेत लगाए ।

“कालापानी हाम्रो हो । महाकाली सन्धिअनुसार पनि कालापानी नेपालको हो”, उनले भने, “सन्धिमा महाकाली नदीलाई नेपाल र भारतको सीमा नदी भनिएको छ ।”

महाकाली सन्धिअनुसार महाकाली नदीको पानी आधा भारत र आधा नेपालको भएको उनको भनाइ थियो । भारतले महाकाली सन्धि कार्यान्वयन गर्नुपर्ने उले बताए।

प्रतिक्रिया