शनिबार, वैशाख १३, २०८२

हुन्डाई मोटर्सले ल्याउँदै छ ४ नयाँ एसयूभी !

नेपालखोज २०७८ माघ ९ गते १४:५१

काठमाडौं । २०२२ मा हुन्डाईले ४ वटा नयाँ एसयूभी बजारमा उतार्दै छ । वास्तबमा यो एकदम नयाँ गाडीभन्दा पनि बजारमा भएका गाडीको अपग्रेटेड भर्सन हो । हुन्डाईको क्रेटा र भेन्यु सबैभन्दा बढी बिक्री हुने एसयूभी हुन् । कम्पनीले न्यु जेनरेसन टकसन पनि यही वर्ष बजारमा पठाउँदै छ ।

-हुन्डाई कोना इलेक्ट्रिक
हुन्डाई कोना इलेक्ट्रिक-२०२२ को अनुमानित लन्चिङ अगस्त १५ हो । कोनाको यो इलेक्ट्रिक भर्सनको अनुमानित अन्तर्राष्ट्रिय बजार मूल्य ४० लाख रुपैयाँ जस्तो हुन आउँछ जसमा नेपाल सरकारको कर, भन्सार आदि जोडिएको छैन ।

-न्यु जेनेरेसन हुन्डाई टकसन
हुन्डाई टकसन-२०२२ मार्च १ सम्ममा बजारमा उपलब्ध हुने अनुमान छ । नयाँ हुन्डाई टकसनको अनुमानित अन्तर्राष्ट्रिय बजार मूल्य पनि ४० लाखकै हाराहारिमा रहन सक्छ ।

-हुन्डाई भेन्यु
हुन्डाई भेन्यु २०२२ को मध्यसम्म लन्च हुन सक्छ । हुन्डाई भेन्यु २०१९ मै आएको एसयूभी हो र यो हुन्डाईको बेस्टसेलिङ सब-कम्प्याक्ट एसयूभी मानिन्छ । किआ सोनेट आएपछि भने यसको बिक्री प्रभावित भएको पाइन्छ । आशा गरिएको छ भेन्युको नयाँ भर्सनले यसको बजार पुन: फर्काउनेछ ।

-क्रेटा
नयाँ क्रेटालाई हुन्डाईले भेन्युको लन्चिङपछि नै बजारमा पठाउनेछ । नयाँ भर्सनको क्रेटा २०२२को पछिल्लो ६ महिना (जुलाई-डिसेम्बर) भित्र बजारमा आइसक्नेछ । क्रेटाको यो फेसलिफ्ट भर्सन अहिलेदेखि नै चर्चामा छ ।

प्रतिक्रिया