बिहीबार, चैत १५, २०८०

‘कामलाई माया गर्छन् बैंकका जागिरे, रात परेको पत्तै पाउँदैनन्’

नेपालखोज २०७८ माघ ९ गते १०:१७

सिभिल बैंकले खुत्रुके बचतलगायत विभिन्न आकर्षक योजनाका साथ काम गरिरहेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरू युवायुवतीका लागि रोजगारको प्रमुख आकर्षण भएका छन् । जगदीश भट्ट काठमाडौंको टोखास्थित सिभिल बैंक शाखामा प्रबन्धकका रूपमा कार्यरत छन् । उनले कर्जा अधिकृतका रूपमा यस बैंकबाट काम सुरु गरेका थिए । बैंकमा रोजगार प्राप्त गर्न आकर्षण बढ्नुका कारण, अवसर पाएपछिका तीतामिठा अनुभव, सिभिल बैंकले दिने सेवालगायत विषयको सेरोफेरोमा रहेर सहकर्मी केशव भट्टराईले कुराकानी गरेका छन् ।

हाइलाइट्स :
–बैंकमा काम गर्ने अवसर रुचि र बाध्यता दुवै होइन । यो समयले जुराएको माग हो । कुनै पनि वित्तीय संस्थाको म्यानेजमेन्ट क्षेत्रमा काम गर्ने इच्छा थियो । सिस्टम चल्ने हुनाले र आधुनिक प्रविधिमैत्री हुनाले मैले बैंकमा काम गर्ने सोच बनाएँ ।
–बैंकमा काम गर्न आकर्षण बढ्नुका विभिन्न कारण छन् । पहिलो त बैंक पारदर्शी संस्था हो । सेवासुविधा अरु संस्थाले दिनेभन्दा राम्रो र सुरक्षित रोजगार पनि हुने भएकाले पढेलेखेका युवायुवती बैंकतिर आकर्षित भएका हुन् ।
–प्रायः बैंकमा बिहानदेखि रातिसम्म एकनासको बत्ती बल्छ । बिहानदेखि रातिसम्म काम गरिएछ भने पनि हामी एउटै समयमा काम गरिरहेको अनुभूति गर्छौं । दिनबितेको पत्तै हुँदैन ।
–बैंक कर्मचारीहरू कहिलेकाहीँ कामको निकै तनावमा हुन्छन् । ग्राहकले सोधेको जवाफ दिन सकिँदैन । ग्राहकले कर्मचारीले रेस्पोन्स गरेनन् भन्छन् । तर रेस्पोन्स नगर्ने हाम्रो नियत हुँदैन । बाध्यताले कम बोलिएको होला ।
–बैंकमा काम गर्नेले धेरै नै व्यस्त हुनुपर्छ । अझ शाखा प्रमुख भइसकेपछि गर्ने काम यति मात्रै भन्ने हुँदैन ।
–शाखामा आइपर्ने विभिन्न समस्या, कर्मचारी समन्वय, असन्तुष्ट ग्राहकसँग समन्वय, बैंक र ग्राहकबीच समन्वय, कर्मचारी र बैंकको सिस्टमबीच समन्वय, कर्जा, ग्राहकसम्बन्ध स्थापितलगायत अनेक किसिमका काम जिम्मेवारी पदमा बसेपछि पूरा गर्नुपर्छ ।
–देशमा २७ वटा वाणिज्य बैंकले दिने सेवा–सुविधाहरू एउटै किसिमको हुन्छ । कर्जा दिने र निक्षेप संकलन गर्ने काम सबै बैंकले गरिरहेका हुन्छन् । तर हामीले निक्षेपमा चाहिँ अरु बैंकभन्दा केही फरक योजनाहरू सञ्चालन गरिरहेका छौं ।
–सिभिल बैंकको खुत्रुके बचत खाता योजना छ । यस खातामा जसरी अलिअलि पैसा जम्मा गरिन्छ, त्यसैगरी यस बैंकको खुत्रुके बचत खातामा अलिअलि पैसा जम्मा गरिन्छ ।
–प्रतिमहिना न्यूतम पाँच सय रुपैयाँबाट ग्राहकले खुत्रुके बचत खाता खोल्न सक्छन् । ब्याज पनि उच्चतम् हुन्छ । सबै बचत खाताभन्दा खुत्रुके बचतमा बढी ब्याज दिने गरिन्छ ।

प्रतिक्रिया