बिहीबार, वैशाख १३, २०८१

राष्ट्रियसभाको बैठक बस्दै

नेपालखोज २०७९ माघ २३ गते ११:३८

काठमाडौं । राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक केहीबेरमा सुरू हुँदै छ । आजको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ ।

यस्तै उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायात मन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रियसभाको उपाध्यक्ष पदमा सदस्य उर्मिला अर्याललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

उक्त प्रस्तावमा देवेन्द्र दाहाल र खिमलाल देवकोटाले समर्थन गर्नेछन् । राष्ट्रियसभा अध्यक्षले उर्मिला अर्याललाई उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रतिक्रिया