सोमबार, वैशाख १७, २०८१

अफगानिस्तानको हेरात सहरमा बम विस्फोट, ७ जनाको मृत्यु

नेपालखोज २०७८ माघ ९ गते १०:००

काबुल । अफगानिस्तानको पश्चिमी सहर हेरातमा एउटा मिनीबसमा भएको बम विस्फोटमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । बसमा रहेका नौ जना घाइते भएका छन् ।

टाँसिने बम बसको इन्धन ट्यांकीमा जोडिएको बताइएको छ । विस्फोट कसले गरायो भन्नेबारे खुलेको छैन ।
अफगानिस्तानमा तालिबानले सत्ता चलाउन थालेपछि यस्ता घटना इस्लामिक स्टेट आईएसले गराउँदै आएको मानिन्छ । घटनाको अनुसन्धान हुने तालिबानले जनाएको छ ।

प्रतिक्रिया