शनिबार, वैशाख १५, २०८१

‘अमेरिका ताइवानसँग नजिकिनु आगोसँग खेल्नुजस्तै हो’

नेपालखोज २०७८ माघ ३ गते १८:२८

बेइजिङ । चीन विश्वमा आर्थिक रूपमा शक्तिशाली हुँदै गएको राष्ट्र हो । चीन जति सम्पन्नशाली छ, उति विवादित पनि छ । चीनसँग बेलाबेला भारत,ताइवान, तिब्बतलगायतसँग तनावको अवस्था भइरहन्छ । यस्तै अमेरिकालगायत देशहरूसँग पनि शक्तिशाली हुने होडबाजी छ ।

विश्वका जुनसुकै पनि राष्ट्रको विवाद छिमेकीलगायत अन्य देशसँग भएको छर्लङगै छ । पछिल्लो समय चीन र ताइवानबीचको विवाद चुलिँदो छ । आखिर चीन र ताइवानबीचको विवादको चुरो विषय के हो त ? चर्चा गरौं ।

ताइवान दक्षिणपूर्वी चीनको तटीय क्षेत्रबाट करिब सय माइल टाढा अवस्थित टापु हो । उसको अवस्थिति ‘फस्र्ट आइल्यान्ड चेन’ भनिने अमेरिकासँग मैत्रीपूर्ण सम्बन्ध रहेका भूभागहरू रहेको स्थानमा छ । उक्त क्षेत्र अमेरिकी विदेशनीतिका लागि महत्त्वपूर्ण मानिन्छ । कतिपय पश्चिमा विज्ञका अनुसार चीनले ताइवानमाथि कब्जा गर्यो भने पश्चिम प्रशान्त क्षेत्रमा आफू शक्तिशाली रहेको देखाउन ऊ अझ स्वतन्त्र हुनेछ । ग्वाम र हवाईसम्म रहेका अमेरिकी सैनिक शिविरहरूमा जोखिम बढ्न सक्छ ।

दोस्रो विश्वयुद्धपछि ताइवान र चीनको विभाजन भयएको थियो । युद्धका बेला चिनियाँ मूलभूमिमा राष्ट्रवादी सरकारी सेना र चिनियाँ कम्युनिस्ट पार्टीबीच लडाइँ भइरहेको थियो । कम्युनिस्टहरूले सन् १९४९ मा विजय हात पारे र उनीहरूका नेता माओत्सेतुङले बेइजिङलाई आफ्नो नियन्त्रणमा लिएका थिए ।

ताइवान पहिले आफ्नै भूमी भएकाले यसमा कसैले नजर लगाओस् भन्ने चीनको सोच छ । पछिल्लो समय अमेरिकाले ताइवानसँग सम्बन्ध बढाएको अवस्था छ । यता ताइवानसँग सम्बन्ध बढाउन खोज्नु आगोसँग खेल्नु जस्तो हुने चीनको अमेरिकालाई चेतावनी छ ।
दोस्रो विश्व युद्धका बेला क्वोमिन्ताङ भनिने राष्ट्रवादी दल भागेर नजिकैको ताइवान पुगेको थियो ।

चीनबाट भागेपछि क्वोमिन्ताङको नेतृत्व च्यांगाइ सेकले गरेका थिए । चीनबाट भागेपछि क्वोमिन्ताङको नेतृत्व च्यांकाइ सेकले गरेका थिए । त्यसयता क्वोमिन्ताङ ताइवानको सबैभन्दा प्रभावशाली दल बनेको छ । उसले विगतका अधिकांश समय उक्त टापुमा शासन गर्दै आएको छ ।

अहिलेसम्म जम्मा १३ देश र भ्याटिकनले मात्रै ताइवानलाई सार्वभौमसत्ता सम्पन्न देशका रूपमा स्वीकार गर्छन् । चीनले अरू देशहरूलाई ताइवानलाई मान्यता नदिन वा मान्यता दिएको जस्तो देखिने कुनै काम नगर्न उल्लेख्य मात्रामा कूटनीतिक दबाव दिने गरेको छ ।

ताइवानका विदेशमन्त्रीले चीनसँगको सम्बन्ध ४० वर्षयताकै सबैभन्दा नराम्रो अवस्थामा रहेको बताएका छन्।् । गत वर्ष अभूतपूर्व संख्यामा चिनियाँ लडाकु विमानहरूको लर्को ताइवानको हवाई प्रतिरक्षा क्षेत्रमा देखा परेपछि चीन र ताइवानबीच तनाव बढ्दै गएको छ ।
चीनले स्वायत्त शासन भएको ताइवानलाई चोइटिएर गएको प्रान्तका रूपमा हेर्छ । अन्ततः त्यो फेरि आफ्नै देशको भाग हुने ठान्छ । ताइवानले आफूलाई अलग्गै संविधान भएको र प्रजातान्त्रिक विधिबाट निर्वाचित नेता रहेको स्वतन्त्र राष्ट्रका रूपमा हेर्छ ।

चीनले आर्थिक सम्बन्ध बलियो पार्ने जस्ता गैरसैनिक विधिबाट पुनःएकीकरण अघि बढाउने प्रयास गर्न सक्छ । तर सैनिक संघर्षका लागि चीनका सशस्त्र बलहरू ताइवानका भन्दा निक्कै शक्तिशाली छन् । चीनले अमेरिकापछि सबैभन्दा धेरै पैसा प्रतिरक्षाका लागि खर्च गर्छ । उससँग जलसेनादेखि क्षेप्यास्त्र प्रविधि, विमानहरू र साइबर आक्रमण गर्ने ठूलो सार्मथ्य छ ।

चीनको अधिकांश सैन्य शक्ति अरू ठाउँमा केन्द्रित छ । तर सुरक्षामा परिचालित जनशक्तिका हिसाबले दुई देशबीच ठूलो भिन्नता छ । खुल्ला द्वन्द्वमा कतिपय पश्चिमा विज्ञको भविष्यवाणी अनुसार ताइवानले चिनियाँ आक्रमणलाई सुस्त बनाउने लक्ष्य राख्न सक्छ ।
कूटनीतिक रूपमा अमेरिका अहिले ‘एक–चीन’ नीतिप्रति प्रतिबद्ध छ,जसले बेइजिङमा रहेको एउटा मात्रै चिनियाँ सरकारलाई मान्यता दिन्छ । ताइवानसँग भन्दा चीनसँग उसको औपचारिक सम्बन्ध छ ।

चीन र ताइवानबीच अहिले तनाव देखिएको भए पनि अनुसन्धानले अधिकांश ताइवानीहरू खासै चिन्तित नरहेको देखाएको छ । गएको अक्टोबरमा ताइवान पब्लिक अपिनीअन फाउन्डेसनले मानिसहरूलाई अन्ततः चीनसँग युद्ध हुने विषयमा के लाग्छ भनेर सोधेको थियो । त्यसमा झन्डै दुईतिहाइले उनीहरूलाई त्यस्तो युद्ध हुने नलागेको बताएका थिए । अर्को अनुसन्धानमा ताइवानीका अधिकांश मानिसले आफूलाई ताइवानीका रूपमा चिनाउने गरेको पत्ता लाग्यो । –बीबीसी

प्रतिक्रिया