‘ठूलो काम गरेछौ काका’

पूर्वसचिव भीम उपाध्यायले लेखे : माननीय सांसद गंगा चौधरीले मसँग मोसेन्जरमा गुनासो गरिन्- ‘अरूको बिहेमा जाँदा दुई तोलाको सुन लगाएको मात्रै हो, यति पनि लगाउन नपाइने ?’
‘मैले पोस्ट गर्दा कुनै नराम्रो वा गुनासो गरेको छैन त ! तपाईं त मेरो नेता हो, म जनताले आफ्नो कम्युनिस्ट नेतृलाई यति पनि लेख्न नपाइने हो र ?,’ मैले उनलाई जवाफ दिएँ ।
अब हेरौं यसमा चलेको दोहोरी ब्याटल :
तैपनि किलोको सुन भन्नु नहुने हो हजुरले । गंगाजस्ती निश्चल नेतालाई ।
चन्दा पोखरेल
यो सुन काण्डपछि गंगाको बकबक र चुरिफुरीमा केही कमी आउने आशा गर्न सकिन्छ कि ?
कुशल शुक्ला
जवाफ सुनेर हमारा मन पनि हर्षित हुवा ।
तृष्णा शर्मा
नेपालकै केन्द्रीय तहको नेताले दुई तोला सुन लगाउनु कुनै अनौठो वा आश्चर्य कुरा होइन । गाउँमा साधारण झोले आसापासेले त हातभरि, घाँटीभरि कत्रा-कत्रा सुन लगाको देख्छु । जे होस् राजनीतिमा आन्दोलन र योगदान गर्या हो नि ।
राम्जाली मगर
ठूलै बाघ मार्नुभएछ सर ।
राधा पराजुली
आखिर सामाजिक सन्जालले पनि काम गर्यो त, उनले रियलाइजेसन गरिछन्, यही हो झापड, जुन यहाँ जस्तो बौद्धिकले दिनुभयो ।
नवराज अधिकारी
विचरी, आपत् भयो तिन्लाई ।
भेषराज सुवेदी
हो र ! यसमा हामीले पनि अचम्मै मान्नु पर्ने के छ र ?
जीवन कलौनी
सर यदि यस्तै गरी रेणु दाहालले लगाएको भए यी सांसद गंगा चौधरी र यिनका भक्तहरुले फेसबुकमा कति उल्टी गर्थे होलान् सोधिदिनु न ।
विष्णु सुवेदी
साह्रै मीठो जवाफ ! अझ दु:खी गरिब सर्वहारा वर्गको नेता भनेर थप्नुपर्ने !
केदार बराल
यी सब सामन्ती संस्कारका नामका कम्युनिस्ट हुन् ।
नेत्र पौडेल
अनि तिम्री बूढीले चाईं कति केजी सुन ला कि छन्, त्यो पनि भनन बाजे ।
पुष्पा दाहाल
ए काका अर्काकी बूढीको लुकिलुकी फोटो नखिच के नखिच् ?
डिल्ली ओझा
‘म जनताले आफ्नो कम्युनिस्ट नेतृलाई यति पनि लेख्न नपाउने हो र ?’ यत्तिले मुखमा बुझो लाग्यो होला बिचरी सर्वहाराको ।
अशोक कुँवर
जे देख्नु भो त्यही लेख्नु भो तर एमालेका नेताका बारेमा मात्र किन अरू पार्टीका नेतातिर पनि नजर जाओस् न हौं !
एमएमएम्स
धन्न २ तोलासम्म चाहिँ भनिछिन् कामरेडले ।
चित्र पौडेल
ठूलो काम गरेछौ काका ।
नवराज भट्टराई
अब रोलगोल्ड लाई पनि सुन नै भन्नू भीम सर ? हजुर पनि झुक्किनु भो ।
विकासनरसिंह राणा
वास्तबमा धेरै सुन लगाएर देखाउने न्यून धरातलबाट एकैचोटि माथि उठेकाले यस्तो भएको हो ।
टीकाराम बास्तोला
बूढालाई अरुले लाको खाको ठूलो रिस छ ।
विपिन बस्नेत
होनि काका ! कम्युनिस्टहरुले कहाँ लगाउन मिल्छ त ! सर्वहाराका नेता भन्नेहरुले जनताले सिटामोल नपाइराख्दा ! आफूहरु गहना लगाएर बिहे भोजमा जाने ? माओवादीका नेताहरुसम्मले भए ठीकैथ्यो ! तै माकुने पार्टीकाले भए पनि चल्थ्यो ! कांग्रेस र राप्रपालाई त भन्ने कुरै भएन । आफूलाई कम्युनिस्ट भन्नेहरुले यति लाज त राख्न परो नि होइन त काका !
विष्णु पराजुली
लगाउन जति नि पाइन्छ तर सादगीमा बसेकी छु सर्वहारा र मजदुरको नेता हुँ भनेर हल्ला गर्न पाइँदैन नत्र भने हाम्रो खुन पसिना चुसेछन् भन्लान् जनताले ।
झलक रोकाया
नेताहरुले अलि महँगो नै चिज लाएपछि सबैले शंका नै गर्छन् ।
नवीन थापा मगर
एमाले नेता जति सबैले देखाउने एउटा हो व्यवहार अर्को हुन्छ । पानीमाथिका ओभाना ।
तीर्थ पाण्डेय
हरेक व्यक्तिको आफ्नो अधिकार हुन्छ, कसैको व्यक्तिगत चरित्रहत्या गर्ने खालको पोस्ट गर्नु उचित हुँदैन तर देशको ढुकुटीमाथि अनियमिता गर्छ भने त्यसलाई छाड्नु पनि हुँदैन ।
विनोद खड्का
जवाफ पुगेन गुरु ! अझै दनक दिन पर्थ्यो ।
ओम गुरुङ
नारीहरुका लागि गहनाको महत्त्व हुन्छ आजकाल प्राय: नारीहरु बरु खाना कम खान्छन्, घुम्दैनन तर गहना लगाउँछन् तेसैले गलत नियतवश यस्तो अरुको फोटो पोस्ट गर्नु भएन वृद्ध बाजे ।
विपिन अर्याल
दुई तोलामा त्यति धेरै गहना बन्छ हो ?
शेखर घर्ती मगर
त्यस्तो रानीहार दुई तोलामा बन्ने भए सबै महिलाको घाँटीमा त्यस्तै हार हुने थिए ।
प्रकाश पन्त
ती चौधरीलाई तपाईं कम्लहरी ब्यबस्थाबाट मुक्त हुन सक्नु भएको छैन पहिले समाजका महाजनबाट जबर्जस्ति कम्लहरी प्रथामा हुनुन्थ्यो आहिले केपी ओलीको कम्लहरी प्रथा मानिरहनु भएको छ पहिले र अहिलेमा तपाईंमा भएको फरक यति हो भनिदिनुस् ल ।
अनिल सुवेदी
माननीयले २ तोलाको भनिछन् गुरु मैले ३ तोलाको नगद दिने भएँ हजुरले माननीयले त्यो घाँटीमा झुन्डाएको सबै फुकाल्न लाउनु त । यति कष्ट गर्दिनु गुरु, झुक्याउनुको नि सीमा पो हुन्छ ?
ईश्वर शिवाकोटी
आफूसँग थियो र त लगायो । यसमा कसको के गयो ? किन पहाड जस्तो बनाउनु हुन्छ सानो कुरालाई ।
सुर्जन खड्गा
यो परिपाटीमा जनताले आफनो नेतालाई यति सोध्न चै पाइन्छ । नत्र के को गणतन्त्र ?
कृष्ण थापा
एयरपोर्ट र भन्सारबाट हराएका क्विन्टलका क्विन्टल सुनका बारेमा लेखौं न काका । त्यो नाथे गलामा लगाएको २/४ तोलाको के पछि पर्या हो बूढा !
माधव नेपाल
हे भगवान् लाउनी खानीको पछि लाएर हुन्छ बाजे जस्तो मान्छे भएर ????
पोखरेल राज
काम पाउनुभएन बाजे आउनुहोस् यता कलब्रेक खेलम् ।
भुवन जोशी
काका तिमी गलत छौ के उनी सांसद हुन भन्दैमा लगाउनै हुँदैन र ? कहिलेकाहीँ त लाग्छ अब काकाले कसले कस्तो कट्टु लगायो त्यो पनि हाल्छन् होला !
ठाकुरे मनोज
तपाईंकी बूढीले सुन लाउँदिनन् कि क्या हो ?
सूर्य सुनील
सुनको गहना त्यो पनि नारीले, यसमै विरोध गर्नु गलत हो ।
धीरज गौतम
गंगा चौधरीको पार्टीलाई ३३ किलोसम्म छुट छ, उनलाई व्यक्तिगतचाहिँ कतिसम्म छुट होला ?
जानकी जानकी
विचारीलाई सुन लगाउन गारो छ ।
जयबहादुर
झट्ट हेर्दा कुकुरलाई बाँध्ने साङ्लो जस्तै थियो । जम्मा दुई तोला मात्रै रहेछ ।
महेशराज गिरी
आरोप वाहियात हो । त्यति सुन त भत्ताले पनि आउँछ ।
घनश्याम पाण्डे
सुन हुनेले लगाउँछन् सुनसँग राजनीतिको के सम्बन्ध छ काका ।
नवीन अधिकारी
३३ किलोको बाछिटा लागेछ कि क्या हो नेतृलाई ?
अपगाँइ दिनेश
कम्युनिस्टका नेताले लुकाउँछन् उनले त देखाकी हुन् ।
उपेन्द्र शाही
महलमा बस्ने करोडौंको गाडी चढ्ने शालिन जीवनशैली भएका हाम्रा ‘सर्वहारा’ नेतालाई जनताको दु:ख के थाहा ?
मदन कार्की
दुई तोला हो कि दुई किलो हो त्यो घाँटी नै लचक्क पार्ने सुन गंगा चौधरीज्यू को ?
इन्द्र मिरु गुरुङ
३३ किलो सुनबाट बनेको माला त होइन नि ? अनुसन्धान गर्नुहोस् ।
राकेश
सुनका गहना गंगा चौधरीले मात्र लगाउँछिन् र ?
एकराज विश्वकर्मा
अरुको व्यक्तिगत कुरा बिनाअनुमति पोस्ट गर्ने भनेको के हो गाँजे ?
भिजन तामाङ
यी पनि नौटंकी वाली नेत्री हुन्, असल नेताले भाइरल हुन सेन्टिमेन्टको कुरा गर्दैनन्, अराजक गतिविधि गर्दैनन्, सकेसम्म आलोचना हुने आचरण गर्दैनन्, परिस्थितिवश कमजोरी हुन पुगे आलोचना स्वीकार गर्दै सच्चिने कोसिस गर्छन् ।
देवी चापागाईं

प्रतिक्रिया