मंगलबार, वैशाख २५, २०८१

विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली संशोधन

नेपालखोज २०७८ माघ ९ गते १६:३३

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावलीमा संशोधन गरेको छ । राष्ट्र बैंकले आज वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंक र अन्य निकायहरुसमेतको नाममा परिपत्र जारी गर्दै विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ मा संशोधन गरेको हो ।

संशोधित व्यवस्थाअनुसार वान एयर लिबोर दरमा अधिकतम एक दशमलव २५ प्रतिशतको सट्टामा वान एयर बेन्चमार्क इन्ट्रेस्टको दरमा एक दसमलव ७५ प्रतिशत कायम गरिएको छ । यसैगरी वान एयर लिबोर दरमा शून्य दशमलव २५ प्रतिशतको सट्टामा वान एयर बेन्चमार्क इन्ट्रेस्ट शून्य दशमलव ७५ प्रतिशत कायम गरिएको छ ।

प्रतिक्रिया