सोमबार, वैशाख १७, २०८१

साउदीमा कोठामा छटपटाइरहेका श्रमिकको उपचार र उद्धारका लागि श्रममन्त्रीको चासो

नेपालखोज २०७८ माघ ९ गते १८:२८

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले साउदी अरवको जेद्धामा कोठामा छटपटाइरहेका श्रमिकको भाइरल भिडियोबारे चासो राख्दै उपचार र उद्धारका लागि पहल गरेका छन । शनिवार विभिन्न सन्चारमाध्यम र सामाजिक सन्जालमा नेपाली श्रमिक जाजरकोटका आइस राना पीडाले छटपटाइरहेको तस्वीर र भिडियो प्रकाशित भएको थियो ।

आइतवार नेपाली दुतावासका कर्मचारी र श्रम सहचारीसहितको टोली उनी रहेको स्थानमा गई उनको अवस्थाबारे जानकारी लिएको छ । श्रम सहचारी प्रेम उपाध्याय र भाषा अनुवादकसहित दुतावासको टोली बिरामी राना भएको ठाउँमा गई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ । नेपाली दुतावासले रानासहित जेद्धामा अलपत्र परेका आठ जना नेपाली श्रमिकहरुको दैनिक खानाको प्रवन्ध गर्दे आएको थियो ।

आठमध्ये एकजना नेपाल फर्किसकेका छन भने अन्य छ जना मंगलवार नेपाल फर्कने जनाइएको छ । रानाको पनि नेपाल फर्कने टिकटको व्यवस्था गरिएको थियो । तर, उनको पुलिस केस भएकाले एक्जीट भिषाको लागि समय लाग्ने नेपाली दुतावासले जनाएको छ ।

उनी बिरामी परेपछि नेपाल फर्कने व्यवस्थाका लागि नेपाली दुतावासले आइतवार नै इमिग्रेसनलाई पत्राचार समेत गरेको नेपाली काउन्सिलर शत्रुधन पोखरेलले बताए । रानाको अवस्था अहिले सामान्य रहेको पोखरेलले बताए ।

मन्त्री श्रेष्ठले अलपत्र नेपाली श्रमिक उद्धारका लागि नेपाली दुतावास र श्रम सहचारीले गरेको प्रयासका लागि धन्यवाद दिए ।

प्रतिक्रिया