नालीमा परेर गैँडा मर्यो
नेपालखोज
२०७८ माघ ९ गते १९:३३

चितवन । पूर्व-पश्चिम राजमार्गअन्तर्गत टिकौली जङ्गल नजिक निर्माणाधीन सडकको नालीमा परेर एउटा गैँडा मरेको छ । आज दिउँसो करिब ३ः३० बजे गैँडा मरेको अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
उनकाअनुसार, अन्दाजी ८र१० वर्षको पोथी गैँडा मृत अवस्थामा भेटिएको हो । चालु आर्थिक वर्षमा योसँगै २१ वटा गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी सिकारीले मारेका हुन् भने अन्य प्राकृतिक कारणले मरेका हुन् । रासस
सम्बन्धित

प्रतिक्रिया