शुक्रबार, वैशाख १४, २०८१

‘विज्ञान कथा’ लेख्ने पहिलो कथाकार

प्रकाश सायमि २०७८ माघ १० गते १०:१०

शंकर लामिछानेका १० कुरा

१. शंकर लामिछाने रेडियो नेपालका प्रथम गीतकार हुन्, उनको शब्दमा नातिकाजीको संगीतमा हरिप्रसाद रिमालले गाए, मेरो मुटुको टुक्रा…
२. शंकर लामिछाने नेपालमा हायकु भित्र्याउने स्रष्टा हुन् ।
३. शंकर लामिछानेले नै थापाथली बबरमहल चोकको नाउँ माइतीघर राखिदिए, जसलाई पछि कामनपाका मेयरले माइतीघर मण्डल बनाए । (कारण, शंकर लामिछानेको सल्लाहमा सुमनाञ्जली फिल्म्स्‌को पहिलो फिल्मको नाउँ माइतीघर राखिएको हो ।)
४. वि.सं. २०१८ भदौ २५ गते आगलागी भएर बन्द भएको जनसेवा सिनेमा हलका अन्तिम म्यानेजर पनि शंकर लामिछाने नै थिए ।
५. शंकर लामिछाने जीवनमा एकपटक होटल शंकरका म्यानेजर पनि भए ।
६. नेपालमा विज्ञान कथा लेख्ने पहिलो कथाकार पनि शंकर लामिछाने नै हुन् ।
७. महाकवि लक्ष्मीप्रसाद देवकोटाका शिष्य शंकर लामिछानेकै पहलमा देवकोटा, शंकर र तत्कालीन भारतीय राजदूत भगवान् सहायले त्रिभुवन विश्वविद्यालयको निम्ति कीर्तिपुरको जग्गा लिजमा लिएका थिए ।
८. शंकर लामिछाने द माउन्टेन इज योङ नामक सिनेमका लियाजन अफिसर भए तर सिनेमा चैँ पूरा भएन ।
९. शंकर लामिछानेले नेपालमा सुरु-सुरुमा विज्ञापन पनि लेखे ।
१०. शंकर लामिछानेले पारिजातको शिरीषको फूल र पिटर जे कार्थकको प्रत्येक ठाउँ प्रत्येक मान्छेमा लेखेको भूमिका चर्चित छ ।

प्रतिक्रिया