नेकपा एस त्यागेर सर्लाही हरिपुर नगरकी उपमेयर रेणुका एमालेमा
नेपालखोज
२०७८ माघ १० गते ११:२७

काठमाडौं । सर्लाहीको हरिपुर नगरपालिकाकी उपमेयर रेणुका काफ्ले नेकपा एमालेमा फर्किएकी छन् । उनले नेकपा एकीकृत समाजवादी त्यागेर एमाले फर्किएकी हुन् ।
नेकपा एमालेका नेता प्रभु साहले सामाजिक सन्जालमार्फत रेणुका एमाले फर्किएको जानकारी दिएका हुन् । उनले एमालेमा प्रवेश गरेकी रेणुकाको उज्जवाल राजनीतिक भविष्यको कामना गरेको बताए । उनले एमालेमा गोलबन्द भएकोमा रेणुकालाई धन्यवाद समेत दिए ।
स्थानीय निर्वाचनमा एमालेबाट उपमेयर बनेकी काफ्लेले पार्टी विभाजनसँगै नेकपा एसमा बस्ने निर्णयमा पुगिन् । तर, स्थानीय तहको चुनाव नजिक आईरहेकै बेला उनी एमालेमा फर्किन् ।

महासचिव शंकर पोखरेलले उनलाई एमालेमा स्वागत गरेका थिए । रेणुकासँगै उनी निकट कार्यकर्ता पनि एमाले प्रवेश गरे । जिल्लाको लोकप्रिय नेता रेणु एमाले प्रवेश गरेकाले एमाले सर्लाहीमा बलियो भएको साहले बताए ।
सम्बन्धित

प्रतिक्रिया