मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनबारे छलफल हुने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ । नियमित बैठक भएपनि साेमबारकाे बैठकमा निर्वाचनबारे पनि छलफल हुने बताइएको छ ।
बैठक अपरान्ह ३ बजे बस्ने भएको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि आवश्यक कदम चाल्नेबारे पनि निर्णय गरिने बुझिएको छ । सरकारले पछिल्लो समय खोप अभियानलाई तिव्रता दिएको छ ।
सरकारले संक्रमणको दर बढिरहेकाले स्मार्ट लकडाउनको अवधारणा अघि सारेको छ । अहिले यातायातका साधनमा जोर विजोर प्रणाली लागू गरिएको छ । संक्रमण दरलाई घटाउन सरकारले कस्तो कदम चाल्छ, त्यो भने आजको बैठकबाट टुंगो लाग्छ ।
विद्यालयहरु बन्द रहेकाले बालबालिकालाई कसरी र कहाँ खोप लगाउने भन्ने विषयमा पनि छलफल हुने बुझिएको छ । कोरोना संक्रमण दर बढेसँगै अर्थतन्त्र ओरालो लागेकाले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण भएको बुझिएको छ । उनले अर्थतन्त्रलाई चलायमान बनाउन कस्तो अवधारणा लिन्छन्, त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया