शनिबार, जेठ ४, २०८२

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई स्यानिटरी प्याडसहितको भेन्डिङ मेसिन

नेपालखोज २०७८ माघ १० गते १५:१४

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिकरुपमा समाजलाई योगदान पुर्याउने उद्देश्यका साथ ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम’ संचालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंककोे शखमुल शाखाले बुद्वनगर वडा नं. १० मा अवस्थित बुद्वनगर आधारभुत विद्यालयलाई एक विशेष कार्यक्रमबीच स्यानिटरी प्याड सहितको भेन्डिङ मेसिन हस्तान्तरण गरेको छ ।

विद्यालयमा अध्ययनरत छात्राहरु महिनावारीको समयमा पनि निर्धक्क रुपले विद्यालय आएर पढाइलाई निरन्तरता दिन सकुन् तथा विभिन्न रोगहरुबाट बच्न स्यानिटरी प्याडको प्रयोग गर्न सहजता प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको शखमुल शाखाका शाखा प्रवन्धक पुन्य श्रेष्ठले जानकारी दिए । कार्यक्रममा विद्यालय संचालक समितिका अध्यक्ष श्याम तन्डुकारले विद्यालयलाई स्यानिटरी प्याडसहितको भेन्डिङ मेसिन प्रदान गर्नुले छात्राहरुमा विद्यालय आउने थप हौसला मिलेको बताए ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करिव ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तीय सेवा दिँदै आएको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उदेश्यले भिसा इएमभी चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक : महालक्ष्मी विकास बैंक रहेको दाबी पनि बैंकले गरेको छ ।

प्रतिक्रिया