मंगलबार, वैशाख १६, २०८२

नेपाल बैंकको नाफा एक अर्ब ४१ करोड ७० लाख रुपैयाँ

नेपालखोज २०७८ माघ १० गते १७:४४


काठमाडौ । नेपाल बैंकले चालुु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ४१ करोड ७० लाख ५८ हजार आठ सय ३५ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा एक अर्ब ३५ करोड चार लाख २३ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुंजी १४ अर्ब ४० करोड ५९ लाख रुपैयाँ रहेको बैकले चालु आवको दोस्रो त्रैमासमा एक खर्ब ८२ अर्ब ८४ करोड नौ लाख ५८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ६३ अर्ब १० करोड ९४ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा तीन अर्ब दुई करोड ४९ लाख ३० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दसमलव ९१ प्रतिसत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा दुई दसमलव ९१ प्रतिसत स्प्रेड दर रहेको बैंकको बितरणयोग्य नाफा भने ४१ करोड तीन लाख १५ हजार रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ६२ अर्ब ८१ करोड ३३ लाख ८३ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३५ अर्ब ४२ करोड चार लाख ६६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब ९७ करोड १३ लाख ९८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दसमलव ८८ प्रतिसत कर्जा निष्व्रिmय रहेको थियो भने स्प्रेड दर चार दसमलव ३९ प्रतिसत रहेको थियो ।

प्रतिक्रिया