शुक्रबार, चैत १६, २०८०

टेकु अस्पतालमा स्थगित खोप अभियान आजदेखि पुन: सञ्चालनमा आउने

नेपालखोज २०७८ माघ ११ गते ६:३४

काठमाडाैं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा स्थगित खोप अभियान आज (मंगलबार)देखि पुन: सञ्चालनमा आउने भएको छ ।

सोमबार अस्पतालले विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौंबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमित रुपमा खोप कार्यक्रम सञ्चालन हुने जनाएको हाे ।

आइतबार अस्पतालले विज्ञप्ति जारी गर्दै सोमबारदेखि अर्को आइतबारसम्म एक साताका लागि खोप अभियान स्थगित भएको जानकारी दिएको थियाे ।

प्रतिक्रिया