बिहीबार, वैशाख १३, २०८१

थापालाई लिङ्देनको जवाफ : मौनता र शालिनतालाई कमजोरी ठान्नेदेखि दया लाग्छ

नेपालखोज २०७८ माघ ११ गते १०:०९

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो मौनता र शालिनतालाई कमजोरी ठान्ने पार्टीभित्र र बाहिरकालाई देखेर दया लाग्ने टिप्पणी गरेका छन् । पूर्वअध्यक्ष कमल थापाले नेतृत्वको आलोचना गरिरहेको बेला लिङ्देनले यस्तो जवाफ फर्काएका हुन् ।

‘हाम्रो मौनता, शालीनतालाई कमजोरी ठान्ने भित्र-बाहिरका दुवैथरीलाई देखेर दया लाग्छ,’ उनले ट्‌विटरमा भनेका छन्, ‘कसैलाई भ्रम नरहोस् राप्रपाको गति कसैले रोकेर रोकिन्न, राप्रपा अघि बढ्छ ।’ उनले अब राप्रपालाई असफल हुने सुविधा नभएको पनि बताएका छन् ।

पार्टी अध्यक्षमा पराजित भएपछि कमल थापाले निर्मल निवास र लिङ्देनको आलोचना गर्दै आएका छन् भने निर्वाचनमा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन गर्न माग गर्दै आएका छन् । कमल थापा चुनावपछि पार्टीको सामूहिक गतिविधिमा छैनन् । केही दिनअघि मात्रै निर्वाचन आयोगले पठाएको पत्रबारे टिप्पणी गर्दै थापाले नेतृत्वको क्षमतामाथि प्रश्न उठाएका थिए ।

प्रतिक्रिया