बिहीबार, वैशाख १३, २०८१

१५ दशमलव ८२ अंकले घट्यो नेप्से, ९३ करोडको सेयर कारोबार

नेपालखोज २०७९ जेठ ६ गते १५:३०

काठमाडौं । सेयर बजार आज (शुक्रबार) पनि दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ८२ अंकले घटेर दुई हजार २३५ दशमलव ९१ विन्दुमा झरेको छ ।

हिजो (बिहीबार) सेयर बजार परिसूचक नेप्से २३ दशमलव ५१ अंकले घटेर दुई हजार २ सय ५० दशमलव ९१ विन्दुमा झरेको थियो ।

दुई सय २३ कम्पनीका १९ हजार एक सय ९ पटकको कारोबारमा ९३ करोड २२ लाख ६ हजार ८४ रुपैयाँको मात्र कारोबार भएको छ । आज नेप्सेमा प्रतिकित्ता ४६६ रुपैयाँमा अरुण काबेली पावर लिमिटेडको तीन करोड दुई लाख ४५ हजार रुपैयाँबराबरको कारोबार भएको थियो ।

आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर ४ दशमलव ९४ प्रतिशतले घटेको छ ।

सेयर बजार कारोबार आजदेखि शुक्रबार पनि हुने भएको छ । त्यसैले आजको शुक्रबार नेप्से नियमित सञ्चालनमा आएको हो । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेपछि पहिलोपटक शुक्रबारसमेत सेयर कारोबार हुन थालेको हो ।

सेयर कारोबार सातामा पाँच दिन हुन्छ । यसअघि आइतबारदेखि बिहीबारसम्म हुने कारोबार अब आइतबार बिदा भएपछि शुक्रबारका लागि सारिएको हो । सेयर बजारको कारोबार समय ११ बजेबाट ३ बजेसम्म तोकिएको छ ।

प्रतिक्रिया