शुक्रबार, वैशाख १४, २०८१

महासचिवमा वर्षमान पुनको दाबेदारी रहने

नेपालखोज २०७८ माघ ११ गते १४:३८

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले पार्टीमा महासचिवको लागि आफ्नो दावेदारी रहने बताएका छन् । चीनमा उपचार गरी सोमबार काठमाडौँ फर्किएका नेता पुनले विगतमा सचिव भएर काम गरेकोले अहिले महासचिवको स्वाभाविक दाबेदार भएको बताए ।

आफ्नो दाबेदारी प्रस्तुत गर्दा पार्टीभित्रको सहमतिलाई पनि स्वीकार गर्ने नेता पुनले बताए । नेता पुनले भने, ‘पार्टीमा मैले महासचिवमा दाबी गरेको हुँ । विगतमा पनि सचिव भएर काम गरेको थिएँ । त्यसकारण महासचिवमा मेरो दाबेदारी स्वभाविक हो ।’

त्यस्तै नेता पुनले पार्टीको सबै तहमा समझदारीबाटै नेतृत्व चयन भएर आएको अवस्थाले आन्तरिक एकता र समझदारिमा पाएको जिम्मेवारी आफुले स्वीकार गर्ने पनि बताए । नेता पुनले भने, ‘छलफल हुँदै गर्दा कहाँनिर फिट हुने भन्ने कुरा समझदारीबाट गर्न सकिन्छ भन्ने मलाई लाग्छ ।’

झण्डै ४ महिना लामो उपचार सकेर नेता पुन सोमबार साँझ नेपाल फर्किएका हुन् । क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ बंगाणुगत जण्डिस रोगबाट ग्रसित नेता पुन उपचारको लागि गत अशोज १३ गते थाईल्याण्डको बैंकक गएका थिए । बैंकक पछि थप उपचारको लागी चीनको सेन्जेनमा रहेको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लागिएको थियो ।

प्रतिक्रिया