शनिबार, वैशाख १५, २०८१

डलर अपचलन गर्ने चारजनाविरुद्ध करोडौं रुपैयाँ बिगोसहित मुद्दा दायर

नेपालखोज २०७८ माघ ११ गते १५:३४

काठमाडौं । डलर अपचलन कार्यमा संलग्न व्यक्तिहरुबिरुद्ध ३७ करोड करोड ३४ लाख रुपैयाँ बिगो सहित मुद्धा दायर भएको छ । राजस्व अनुसन्धान बिभाग हरिहर भवन पुल्चोकले चारजना व्यक्ति बिरुद्ध ३७ करोड करोड ३४ लाख रुपैयाँ बिगोसहित मुद्धा दायर गरेको हो ।

बिभागका अनुसार कैलाली लम्किचुवा १० स्थायी ठेगाना भई हाल काठमाडौं कालोपुल गुरुङ्टोलमा बस्ने दिनेश खड्का, दिनेश खड्काको दिदी प्रतिवादी भगवती खड्का तथा वुवा प्रतिवादी नरवहादुर खड्का र दिनेश खड्काको केटी साथी अनिता धिताल समेतको नाममा तीन बर्षको कैद सजाय तोकिएको छ ।

यस्तै उक्त परिमाणको बिगो रकम माग गर्दे काठमाडौ जिल्ला अदालतमा मुद्धा दायर गरिएको हो । विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ सम्बन्धी मुद्धाअन्र्तगत उक्त सजाय माग गरिएको बिभागले जानकारी दिएको छ ।

प्रतिक्रिया