प्रचण्ड पत्नी सीता अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल आज नेपाल मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएकी छन् । कोभिड संक्रमणका कारण स्वास्थ्यमा समस्या देखा परेपछि उनलाई गत शुक्रबार अस्पताल भर्ना गरिएको थियो ।
उनको नियमित स्वास्थ्यजाँचमा संलग्न चिकित्सक वरिष्ठ नशारोग विशेषज्ञ डा.बाबुराम पोखरेलको नेतृत्वको स्वास्थ्य टोलीले उनको उपचार गरेको हो । आइसियुमा उपचाररत् दाहालको पछिल्लो अवस्था सुधारोन्मुख रहेकोेले उनलाई घरजाने सल्लाह दिइएको डा.पोखरेलले बताएका छन् । यद्यपि, कोभिडको असर कम भए लगत्तै थप उपचारका लागि अस्पताल आउन सल्लाह दिइएको उनले बताए ।
अस्पतालका चिफ अफ क्लिनिकल सर्भिसेस एण्ड एजुकेसन डा.निलमणी उपाध्यायका अनुसार उत्कृष्ट प्रविधि, पूर्वाधार र जनशक्तिसहितको नेपाल मेडिसिटी अस्पतालले उनको उपचार गरेको र स्वास्थ्य स्थिती सुधार भएका कारण आज डिस्चार्ज गरिएको बताएका छन् । उनलाई स्वास्थ्यमा कुनै पनि प्रतिकुलता देखा परे तुरुन्तै अस्पतालमा सम्पर्क गर्न सल्लाह दिइएको समेत डा. उपाध्यायले बताएका छन् ।

प्रतिक्रिया