मंगलबार, वैशाख ४, २०८१

माघ १६ देखि २० गतेसम्म विद्यार्थीलाई खोप दिइने

नेपालखोज २०७८ माघ १२ गते ७:५४

काठमाडौं । सरकारले माघ १६ देखि २० गतेसम्म विद्यार्थीलाई खोप दिने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले माघ १६ देखि २० गतेसम्म विद्यार्थीलाई खोप लगाउने निर्णय गरेको हो ।

खोप व्यवस्थापन कार्यमा आवश्यक समन्वय तथा सहजीकरण गर्न सबै शिक्षा विकास तथा समन्वय इकाइहरूलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिइसकेको छ ।

यसअघि माघ १५ गतेसम्मका लागि सम्पूर्ण शिक्षण संस्था बन्द गरिएकोमा माघ १६ गतेदेखि २० गतेसम्म सम्पूर्ण विद्यार्थीलाई खोप दिने प्रयोजनका लागि विद्यालय खुला गरी खोप उपलब्ध गराउने निर्णय गरिएको छ ।

खोप अवधिमा खोपको प्रभावकारी वितरणलाई अभियानको रूपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी सञ्चालन गर्ने निर्णय भएको शिक्षा मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया